Monday, 24th August, 2026
वि.स.

बागमती प्रदेश सरकारले ६ सय ५० युवालाई रोजगारी दिने

ban-1584869446.jpg

बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिभीन्न जिल्लामा ३४ लाख वटा विरुवा रोप्ने तयारी गरेको छ । चालु आर्थिक वर्षको जेठ र असार महिनामा मात्र सवै विरुवा रोप्ने तयारी थालेको हो । वर्षायाम सुरु भएपछी पानी पनि पर्ने र विरुवा पनि सहज रुपमा हुर्काउन सक्ने भएकाले जेठ र असार महिना र साउन, भदौमा समेत विरुवा रोप्ने काम गर्न लागेको हो । वृक्षारोपण योजनाका आधारमा चालु आर्थिक वर्षमा ७ सय ५० हेक्टरमा वन विरुवा रोप्न लागिएको बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताए। मन्त्रालयले ३ सय हेक्टरमा फलफूलका विरुवा रोप्ने तयारी गरेको छ ।

विभीन्न जातका रुखका विरुवा मात्र भन्दा पनि फलफुलका विरुवापनि रोप्दा जंगली जनावरले पनि सजिलो हुने र त्यस क्षेत्रका नागरिकलाई पनि फुलफुल खानका लागि सहज होस भन्ने उदेस्यले फलफूलका विरुवा रोप्न लागिएको हो । मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका विभीन्न डिभिजन वन कार्यालय मार्फत १० हजार रोपनीमा जडीवुटी खेती विस्तार गर्ने तयारी गरेको मन्त्री नेपालले वताए । हरेक क्षेत्रमा जडीवुटी काम लाग्ने भएकाले यसलाई पनि प्रदेश सरकारले प्राथमिकताका आधारमा काम गर्न थालेको मन्त्रीका निजी सचिव नवराज पुणासैनीले वताए । मन्त्रालयले डिभिजन वन कार्यालय मार्फत ३ सय किलोमिटर सडककिनार र खोला किनारमा ३४ लाख विरुवा रोप्न लागेको उनले वताए । पहिले विरुवा रोप्ने र त्यसै छोड्ने गरिएकाले रोपेका विरुवा हुर्काउनका लागि भनेर मन्त्रालयले ६ सय ५० जना युवालाई रोजगारी दिने भएको छ । विरुवा नहुर्कनजेल सम्म ती युवालाई रोजगारी दिन लागिएको मन्त्री नेपालले वताए ।

सिन्धुपाल्चोकमा ओखरका विरुवा रोपीएको छ । प्रदेशका हरेक जिल्लामा कम्तिमा दुइ वटा सहकारी–समुदाय–नीजी क्षेत्र र सरकारको लागानीमा उद्योग संचालन गर्ने व्यवस्था मिलाउन लागिएको छ । यसैगरी व्यावसायिक तालिमका लागि २ सय जना युवालाइ सिधै रोजागरी उपलव्ध हुने किसिमको तालिम दिने व्यवस्था मिलाउने गरि प्रक्रिया सुरु गरिएको छ । मन्त्रालयले सूचना निकालेर यसको प्रक्रिया अगाडी वढाएको निजी सचिव पुणासैनीले वताउनुभयो । जिल्ला वन पैदावार आपुर्ती समितिको काम कार्वाहीहरु मासिक रुपमा तथा वन क्षेत्रको जग्गाको अतिक्रमण नियन्त्रणका लागि नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाहरु वीच समन्वय गरेर सवै जिल्लामा काम थालिएको छ ।

अतिक्रमीत वन क्षेत्रको जग्गा फिर्ता लिई वृक्षारोपणर समुचित व्यवस्थापन गर्ने व्यवस्था मिलाउने काम भइरहेको छ । प्रदेशका सिल्भिक्चरमा आधारित रहि वनको दिगो रुपमा व्यवस्थापन गर्न चाहने समुहको माग संकलन गरी ती समुहमा पहिलो एक वर्ष क्षमता अभिवृद्धि कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरे पश्चात मात्र अर्को वर्ष सिल्भिकल्चरमा आधारित वन व्यवस्थापन प्रणाली लागू गर्नेगरी काम थालिएको छ । सामुदायमा आधारित वन क्षेत्रभित्र भएका पानीका मुहानहरु, संवेदनशिल पानी पोखरी वा प्रमुख सिमसारको नाम तथा अवस्थीति सव डभिजन वन कार्यालय मार्फत डिभिजन वन कार्यालयमा अद्यावधिक गर्ने काम सुरु भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०