Sunday, 23rd August, 2026
वि.स.

बागमती प्रदेश सरकारले २६ इञ्जिनियर माग्यो

bagmati-1601447839.jpg

बागमती प्रदेश सरकारले प्रदेशमा संचालन हुने विभिन्न विकास निर्माण आयोजनाका लागि २६ जना सिभिल इञ्जिनियरको माग गरेको छ । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक तथा भवन निर्माण लगायतका काममा दक्ष इञ्जिनियरहरुको आवश्यकता प्रकाशित गरेको हो । जसमध्ये १८ जनालाई राजमार्ग आयोजनामा र अन्य ८ जनालाई भवन निर्माण लगायतका संरचना निर्माणमा लगाइने छ । बुधबार सार्वजनिक सूचनामा योग्य एवं सक्षम उम्मेद्वारहरुलाई १५ दिनभित्र आवेदन गर्न भनिएको छ । सातौं तहको इञ्जिनियर र आर्किटेक्ट पदमा आवेदन दिन सम्बन्धित विषयमा कम्तिमा स्नातक तह उत्तिर्ण गरी इञ्जिनियरिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । 

मन्त्रालयले कोभिड महामारीका बीचमा पनि प्रदेशभित्रका महत्वपूर्ण आयोजनाहरु सुचारु राखेकाले थप आयोजनाका काम अघि बढाउन जनशक्ति थप गर्न लागिएको बागमतीका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif