Monday, 24th August, 2026
वि.स.

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

pradesh-sava-1590572379.jpg

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम बहुमतले पारित पारित भएको छ । मंगलबार प्रदेश सभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबारको बैठकबाट बहुमतले पारित भएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले राखेका सवै संशोधन प्रस्ताव अस्वीकृत गर्दै प्रदेश सभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेश सभामा प्रदेश सभा सदस्य रमेश पौड्याल, निमा लामा, पुकार महर्जन, प्रभात तामाङ, राधा घले, रिता माझी, रिना गुरुङ र शोभा शाक्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेश सभा सदस्य रमेश पौड्याल र रिना गुरुङले प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । त्यस्तै प्रदेश सभा सदस्य शोभा शाक्यले महिलाको पाठेघरको क्यान्सरको निशूल्क उपचार हुने भन्ने विषय नीति तथा कार्यक्रममा समावेश गर्न संशोधन दर्ता गराएक थिए भने प्रदेश सभा सदस्य रिता माझीले ३० वर्षभन्दा बढी उमेरका महिलाको स्तन तथा पाठेघरको हरेक वर्ष निशूल्क परीक्षणको व्यवस्था हुने कुरा नीति तथा कार्यक्रममा समेट्न माग गर्दै संशोधन दर्ता गराएकी थिइन ।

 प्रदेश सभा सदस्यले छलफलका क्रममा प्रस्तुत गरेका विषयमा मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०