Friday, 21st August, 2026
वि.स.

बागमती प्रदेश मातहतका अस्पतालमा कोभिडको नि:शुल्क उपचार

hetauda-1603199301.jpg

बागमती प्रदेश सरकारमातहत रहेका अस्पतालले कोभिड–१९ को उपचार नि:शुल्क भइरहको प्रदेश सरकारले जनाएको छ। संघीय सरकारको नियमित पत्रकार सम्मेलनमा कोरोनाको उपचार नागरिक स्वयंमले गर्ने जानकारी गराएपछि बागमती प्रदेश सरकारले आफ्ना मातहत रहेका अस्पताल र आइसोलेसन खर्च सरकारले गर्ने बताएको हो।

बागमती प्रदेश सरकारअन्तर्गत ८ वटा अस्पताल र त्यहाँबाट संचालित आइसोलेसनहरुमा कोरोना संक्रमितहरुको नि:शुल्क उपचार भइरहेको मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

प्रदेश सरकारमातहत रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र अस्पतालद्वारा संचालित आइसोलेसन र अन्य स्थानीय तहमार्फत सहकार्यमा संचालित थप १५ वटा आइसोलेसनमा कोरोना सङ्क्रमितको उपचार नि:शुल्क भइरहेको हो।

प्रदेश सरकारद्वारा संचालित प्रयोगशालामा कोरोना परीक्षणसमेत नि:शुल्क भइरहेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

hetauda-1603199302.jpg






Thaha-002-1774415222.gif