Friday, 28th August, 2026
वि.स.

बागमती प्रदेशसभा बोलाउन सभामुखलाई ज्ञापनपत्र

1-1613557152.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल पक्षका बाग्मती प्रदेश सभाका सांसदहरूले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रदेशसभाको बैठक स्थगित गरेर  सभामुख श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै प्रचण्ड(नेपाल पक्षले ज्ञापनपत्र उपसभामुख राधिका तामाङमार्फत ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा संसद् बैठक सूचना टाँसेर स्थगित गरिएपछि प्रचण्ड(नेपाल पक्षका सांसदहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

सांसद अष्टलक्ष्मी शाक्यको हस्ताक्षर रहेको पत्रमा बैठक स्थगित गर्ने गरी बुधवार जारी सूचना सच्याइ प्रदेश सभाको बैठक बोलाएर अविश्वासको प्रस्तावलाई छिटोभन्दा छिटो टुंग्याउँदा माग गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif