Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशसभाको ८ औं अधिवेशन आह्वान

bagmati-1621766701.jpg

बागमती प्रदेशसभाको ८ औं अधिवेशन जेठ १६ गतेका लागि आह्वान गरिएको छ ।
बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ को बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गरेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।
बागमती प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बागमती प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ । 

बागमती प्रदेशसभाको ७ औं अधिवेशन बैठक गत बैशाख ९ गते अन्त्य गरिएको बागमती प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत राजेश कुमार तामाङले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०