Sunday, 23rd August, 2026
वि.स.

बागमती प्रदेशले ५० अर्बको बजेट ल्याउँदै

budget-1592207887.jpg

 बागमती प्रदेश सरकारले सोमबार आउँदो आर्थिक वर्ष २०७७र७८ को लागि करिब ५० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।  प्रदेश सरकारले अघिल्लो वर्षको तुलनामा करिब ४ अर्बको बजेट वृद्धि गरेर ल्याउने तयारी गरेको छ । प्रदेश सभा सचिवालय अनुसार आज ५ बजे नयाँ बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सोमबार हेटौंडामा रहेको प्रदेशसभा भवनमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढकालले प्रदेशको बजेट प्रस्तुत गर्ने छन्  । बजेटले आउँदो आर्थिक वर्ष पनि कृषि,उद्योग तथा पर्यटनलाई विशेष महत्व दिने जनाईएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको थियो । यसैगरि बागमती प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०