Monday, 24th August, 2026
वि.स.

बागमती प्रदेशमा ३२ जनामा कोरोना संक्रमण

samajik-(2)-1590291486.jpg

बागमती प्रदेशमा हाल सम्म ३२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि बढ्दै गएका छन् ।

हिजो २४ घण्टा भित्रमा ४ जनामा कोरोना भाइरस संक्रमण देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिए । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उनले बताए । 

सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट कुल ४५ हजार नौ सय ५७ जनाको परीक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट ८६ हजार दुई सय ३५ जनाको परीक्षण गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०