Saturday, 29th August, 2026
वि.स.

बागमती प्रदेशमा मात्र कुल संक्रमितको ५१ प्रतिशत

Samajaki-bikash-mantralay-1603641501.jpg

देशभरका कुल कोरोना संक्रमितको ५१ दशमलब ३१ प्रतिशत बागमती प्रदेशमा देखिएका छन् । देशैभरीमा एक लाख ५५ हजार २ सय ३३ जना कोरोना संक्रमित देखा रिेका छन् । त्यस मध्यमा बागमती प्रदेशमा हाल सम्म ७९ हजार ६ सय ६१ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए । बागमती प्रदेशमा एकै दिनमा एक दिनमा १ हजार २ सय १७ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ६४ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् ।

प्रदेशमा ५० हजार ७ सय ४९ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिए । नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०