Sunday, 23rd August, 2026
वि.स.

बागमती प्रदेशको बजेट घट्योः कृषि र स्वास्थ्य प्राथमिकतामा

bag-1592188482.jpg

बागमती सरकारले आगामी वर्षको बजेट कोरानाका कारण गतवर्षको भन्दा आकार घटाएर ल्याउन लागेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु आवमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको प्रदेशले आगामी आवका लागि करिब ४४ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी छ । कोरोनाका कारण अर्थतन्त्रमा पर्ने प्रभावको मूल्यांकन गर्दै प्रदेशले आगामी आवको बजेट तयार गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

लकडाउनका कारण भौतिक पूर्वाधार तथा अन्य क्षेत्रमा काम हुन नसकेपछि चालु आवमा बढीमा ५० प्रतिशतसम्म खर्च हुने प्रदेश सरकारको अनुमान छ । ‘स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट बनाइएको छ,’ मन्त्री ढुंगेलले भने, ‘बजेटमा राजस्वमा नयाँ स्रोतहरुको खोजी भएको छ । राजस्वको दायरा ठूलो बनाइएको छ,’ उनले थपे ।

बजेटमा प्रदेश सरकार मातहतका आठवटा सरकारी अस्पतालको सुधारको विषय उच्च प्राथमिकतामा परेको, प्रदेशका ६६ वटै निर्वाचन क्षेत्र र १ सय १९ वटै स्थानीय तहलाई लाभ हुने प्रकृतिका विशेष कार्यक्रम समावेश गरिएको बुझिएको छ । आगामी बजेटमा कृषि क्षेत्रमा वितरण गरिने अनुदानलाई थप व्यवस्थित बनाइँदै छ । ‘अब अनुदान रकम बैंक प्रणालीबाट दिइनेछ । त्यसलाई अनुदान नभनी ऋण भन्ने र सस्तो ब्याजदरमा किसानलाई सहयोग गर्ने नीति अवलम्बन गरिनेछ,’ मन्त्री ढुंगेलले भने ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०