Saturday, 15th August, 2026
वि.स.

बागमती प्रदेशका सर्बै जिल्लाका खेलकुद समितिका पदाधिकारीले लिए सपथ

बागमती प्रदेशका १३ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीले सपथ लिएका छन् । २१ माघमा हेटौंडास्थित समाजिक विकास मन्त्रालयमा आयोजित जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको नियुक्ती तथा सपथ ग्रहण समारोहमा मन्त्री युवराज दुलालले खेलकुद पदाधिकारीहरुलाई सपथ ग्रहण गराए हुन् ।

प्रदेश खेलकुद विकास परिषद्ले गत माघ ७ गते १३ वटै जिल्ला खेलकुद विकास समितिको अध्यक्ष र सदस्य टुंगाएको थियो । खेलकुद समितिमा १ अध्यक्ष र ४ सदस्य रहने व्यवस्था छ । कार्यक्रममा प्रदेश खेलकुद परिषद्ले चयन गरेको सम्बन्धित जिल्लाका अध्यक्ष र सदस्यलाई नियुक्ती पत्र दिएको थियो । नियुक्ती दिए लगत्तै सपथ गराइएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै सामाजिक विकास मन्त्री युवराज दुलालले खेलकुद क्षेत्रको विकासमा सम्बन्धित खेलकुद पदाधिकारीहरुले दृढताका साथ लाग्नुपर्ने बताए । उनले बागमती प्रदेशलाई खेलकुद क्षेत्रको विकासमा अग्रसर गराउन सबै पदाधिकारीको महत्वपूर्ण योगदानको आवश्यक रहेको बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif