Friday, 28th August, 2026
वि.स.

बागमती प्रदेशका सभामुखले आफ्नो पद धरापमा पारे : शाक्य

astalaxmi-1612176220.jpg

 प्रदेशसभा सदस्य तथा नेकपा दाहाल–नेपाल समूह वाग्मती प्रदेश संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले सभामुखले आफ्नो पदको मर्यादा विपरित प्रदेशसभाको बैठक स्थगित गरेको आरोप लगाएकी छिन् ।

सोमबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाक्यले सभामुखले आफ्नो पदलाई समेत धरापमा पारेको दाबी गरिन् । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभाामुख सानुकुमार श्रेष्ठले आइतबार राति सूचना टाँसेर स्थगित गरे पछि सोमबार  हेटौँडामा आयोजना भएको पत्रकार सम्मेलनमा नेता शाक्यले सभामुखले अल्पमतमा रहेको सरकारलाई सहयोग पुर्‍याएको उनको आरोप समेत लगाईन् ।

प्रदेशसभा सचिवालयमा दाहाल–नेपाल समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा नेतृ शाक्यले प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा त्यस विषयलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएर बैठक स्थगित गरेको आरोप लगाइन् ।

सभामुख अल्पमतको सरकारको लाचार छाया बन्न पुगेको आरोप लगाउँदै उनले भनिन्, ‘सरकार अल्पमतमा रहेको छ । यस्तो अवस्थामा निरन्तर बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । संसदीय मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभा नियमावलीको घोर उल्लंघन सभामुखबाट भयो ।’ अविश्वासको प्रस्तावकहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक नराखी र कुनै विशेष कारण नखुलाई स्थगन गरिएको प्रदेशसभाको बैठक अविलम्ब सुरु गर्न उनले माग गरेकी छिन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif