Saturday, 29th August, 2026
वि.स.

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

DM-p-1603371416.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । ६ दिनदेखि सामान्य रुघाखोकीका कारण होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो ।
    
हेटौँडास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा मुख्यमन्त्री पौडेलसहित उनकी पत्नी विजया पौडेल, एकजना अंगरक्षक, दुईजना निजी चालक र निजी निवासमा कार्यरत एकजना कार्यालय सहयोगीलाई संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
    
७५ वर्षीय पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी मुख्यमन्त्रीको सरकारी निवासमा होम आइसोलेसनमा बसिरहेका छन् । स्वास्थ्यमा थप समस्या देखिए मात्र अस्पताल लगिने प्रेस संयोजक दाहालले बताए । 

मुख्यमन्त्रीसँगै कोरोना पुष्टि भएका उनकी पत्नी, सुरक्षाकर्मी, चालक र कर्मचारी पनि होम आइसोलेसनमा बसिरहेका र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । दुई साताअघि मुख्यमन्त्रीको सचिवालयका एक कर्मचारीलाई पनि संक्रमण पुष्टि भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०