Friday, 28th August, 2026
वि.स.

बागमती प्रदेशका तीन मन्त्रीको राजिनामा

rajinama-1608880857.jpg

 बागमती प्रदेश सरकारका विरुद्धमा अविस्वासको प्रस्ताब प्रदेशसभामा दर्ता गरिएको छ । बागमती प्रदेशको प्रदेश सभामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गरिएको हो ।

प्रदेशका तीन जना मन्त्री सहित ४६ जना सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीका विरुद्धमा अविस्वासको दर्ता गरिएको हो । पुस्पकमल दाहाल प्रचण्ड र माधबकुमार नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टीले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताए ।

आफ्नै सरकारका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गराउनका लागि प्रदेशका तीन मन्त्री समेत उपस्थित भएर दर्ता गरेका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल समेत सहभागि भएर सरकारका विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविस्वासको प्रस्ताब दर्ता गर्नका लागि प्रदेशका मन्त्री जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल सहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । सबै सांसद नेपाल र प्रचण्डपक्षका रहेका छन् । अविस्वासको प्रस्ताव दर्ता गर्ने काममा सहभागि नेपाल र प्रचण्ड पक्षका तीनै जना मन्त्रीहरुले राजिनामा समेत दिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०