nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक

gold-cup-khel-talika-1581563542.jpg

पुर्वी मकवानपुुरको बागमती गाउँपालिकामा हुने बागमती गोल्ड कप फुटबलको खेल तालिका सार्वजनिक गरेको छ । बागमती खेलकुद विकास समितिले २९ माघमा खेलतालिका सार्वजनिक गरेको हो । खेलतालिका अनुसार उद्घाटन खेलमा आयोजक फापरबारी र बागमती युवा क्लव सलाईसँग प्रतिस्पर्धा गर्ने छ । खेल फाल्गुन ३ गते हुनेछ । त्यस्तै, दोस्रो खेलमा फाल्गुन ४ गते न्यू डाँफे युवा क्लव र नवजागृति युवा क्लवसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा दश टिमको सहभागिता रहने छ । प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लब खेल्ने संयोजक अरुण बलले जानकारी दिनु भयो । त्यस्तै मोफसलका मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिमले प्रतिस्पर्धा गर्ने छन् ।   

प्रतियोगिता फाल्गुन १३ गतेसम्म चल्नेछ । बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा प्रतियोगितामा हुन लागेको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् ।

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन ।  प्रतियोगिताको उद्घाटन माननीय गृहमन्त्री रामबहादुर थापा (बादल) ले गर्नुहुनेछ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)