nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमतीको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

indra-baniya-1653645165.jpg

बागमती  प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने भएका छन्। पाँच दलीय सत्ता गठबन्धनबीच यसअघि भएको सहमति अनुसार बानियाँ मुख्यमन्त्री बन्न लागेका हुन्।

स्रोतका अनुसार‚ प्रदेश सरकारले बजेट सार्वजनिक गरेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिनेछन्। त्यसपछि बानियाँ नयाँ मुख्यमन्त्री बन्नेछन्। प्रदेश सरकारले  १ असारभित्र बजेट प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था छ।

सरकारको पदावधि एक वर्ष बाँकी रहँदा गत ११ कात्तिकमा नेकपा (एकीकृत समाजवादी) का पाण्डे मुख्यमन्त्री बनेका थिए। त्यस वेला आधा-आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। 

कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बानियाँले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने वेला भएकाले जिम्मेवारीको बाँडफाँड पनि यसै अनुरूप गरिएको बताए। उनले भने‚ “बजेट एउटाले ल्याउने र चुनावी सरकारको नेतृत्व अर्कोले गर्ने भन्ने जेन्टलमेन एग्रिमेन्ट भएको छ‚ यसै हुनेछ।” 

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले भने मुख्यमन्त्री फेरिनेबारे आफूलाई जानकारी नभएको बताइन्। “विगतमा भएको सहमति मलाई थाहा छैन, अहिले फेरिने कुरो पनि थाहा छैन‚” सिग्देलले भनिन्‚ “यो पार्टीको आन्तरिक कुरा हो।”

बानियाँ यसअघि पनि मुख्यमन्त्रीको होडमा थिए। नेकपा (एमाले) विभाजन भएर एकीकृत समाजवादी बनेपछि तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन्। त्यससँगै बानियाँ मुख्यमन्त्री बन्ने चर्चा थियो। तर‚ गठबन्धनको भागबन्डामा मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा पर्‍यो। सोही अनुसार पाण्डे मुख्यमन्त्री भए।

प्रदेश सभामा अहिले १०९ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा रहेका नेकपा ९माओवादी केन्द्र० का २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एक सांसद छन्।

त्यस्तै एमालेका ४३ सांसद छन्। विवेकशील साझाका तीन, नेपाल किसान मजदूर पार्टी र राप्रपाका एक(एक सांसद छन्। सरकार गठन गर्न ५५ सांसदको समर्थन चाहिन्छ। हिमालखबरबाट



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)