Saturday, 15th August, 2026
वि.स.

बसकाे ठक्करले थाहानगरमा ३ काे मृत्युु , ३ घाइते (नामसहित)

Screenshot_2025-05-26-21-1748276343.jpg

थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथमा बसले पैदल यात्रीलाई ठक्कर दिँदा तीन जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा थाहा–९ का कृष्ण बलामी, झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर र साेही माविका शिक्षक रघुनन्दन यादव रहेका छन् ।

बसले च्यापिएका बलामीलाई अर्काे सवारी साधनकाे सहायताले उद्दार गरी उपचारकाे लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएकाे थियाे । त्यसैगरी ठक्कर लगत्तै ठाकुर र यादवलाई स्वास्थ्य केन्द्र पुर्याइएकाे थियाे ।

बलामी लेखापढी व्यवसायी थिए भने ठाकुरले माविमा नेपाली र यादवले विज्ञान विषय पढाउँथे ।

ब्रेक फेल भएर अनियन्त्रित गुडिरहेकाे ना ३ ख ५९९० नम्बरको यात्रुवाहक बसले 'इभिनिङ वाक' मा रहेका ६ जनालाई ठक्कर  दिएकाे थियाे । स्वास्थ्य केन्द्र पुर्याएलगत्तै डाक्टरले ठाकुर र बलामी मृत घाेषणा गरेका थिए । यादवकाे थप उपचारकाे लागि काठमाडौं लैजादै गर्दा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उनकाे शब शिक्षण अस्पतालमा राखिएकाे छ ।

मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार शाहकाे काठमाडौंमा उपचार भैरहेकाे छ ।

झम्केश्वरी माविकै शिक्षक राम गुलाम चौधरी र छेवाङ लामा सामान्य घाइते भएका छन्। लामाकाे पाखुरा सुन्निएकाे छ । 'हामी दुई दुई जना भएर इभिनिङ वाकमा थियाैँ, बसले एक्कासी साेहाेर्याे, ' घाइते चाैधरीले थाहा टाइम्ससित भने ।

बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif