Monday, 31st August, 2026
वि.स.

बन्दले थाहानगरको जनजीवन प्रभावित (हेर्नुहोस फोटोफिचर)

67315875_642788872871192_-1564562834.jpg

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार गरेको बन्दको कारण उत्तरी मकवानपुरको थाहा नगरपालिकाको जनजीवन प्रभावित भएको छ । आफ्ना प्रवक्ता पक्राउ परेको विरोधमा विप्लव नेतृत्वको नेकपा माओबादीले नेपाल बन्दको आवहान गरेको हो । बन्दका कारण मकवानपुरको थाहा नगरपालिकामा हुँदै हेटौंडा काठमाडौँ चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरु चलेका छैनन् । नगरभित्रको त्रिभुवनराजपथ  तथा शाखा सडकहरुमा छिटपुट मात्रामा मोटरसाइकलहरु भने चलिरहेका छन् ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गएिको विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा भनिएको छ । विप्लव नेनृत्वको नेकपाले यस अघि पनि विभिन्न माग राखेर नेपाल बन्द गर्दै आएको छ । बन्दका कारण थाहा नगरपालिकाको मुख्य मुख्य बजारहरु समेत सुनसान भएका छन् । बन्दका कारण बजारका सबै प्रकारका व्यवसायहरु बन्द रहेको छ । 

तस्विरः गणेश प्रसाद विष्ट

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०