Thursday, 27th August, 2026
वि.स.

बजेट तथा योजनाको बाँडफाँडमा विभेद गरिएको छैन : मुख्यमन्त्री पौडेल

dormani-1617859324.jpg

बागमती प्रदेशसभाको बुधबार अपराह्नमा बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएनुसार प्रदेशको विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान बजेट तथा योजनाको बाँडफाँड गरिएको बताएका छन्।

मुख्यमन्त्री पौडेलले प्रदेशसभाको हिजो बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले उठाउनुभएको विभिन्न प्रश्नको आज स्पष्टीकरण दिँदै सरकारले कुनै राजनीतिक स्वार्थबाट प्रेरित नभई आर्थिक मापदण्ड अपनाएर नै स्वर्गीय मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख उपलब्ध गराएको बताए। उनले आर्थिक मापदण्ड तयार पारी प्रदेशभित्र इन्धनबाट चल्ने सबै प्रकारका सवारी साधनलाई निषेध गर्दै अब विद्युतीय बस सञ्चालन गर्ने प्रक्रिया शुरु गरिसकिएको र सो अभियानमा प्राविधिकले दिएको राय सुझावअनुसार बस सञ्चालन गर्ने रुट निर्धारण गरिसकिएको उल्लेख गरे।

मुख्यमन्त्री पौडेलले हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँलगायत प्रदेशका विभिन्न जिल्लाको शहरमा जोड्ने विद्युतीय बस सञ्चालनका लागि प्रथम चरणमा ३० वटा बस खरीदका लागि बोलपत्र आह्वान गरिसकिएको जानकारी दिए। उनले विद्युतीय बस सञ्चालनका लागि अहिले त्रिभुवन राजपथ, नारायणगढदेखि काठमाडौँलगायत १० शहरमा ५० विद्युत् चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्रधिकरणले बोलपत्र आह्वान गरिसकिएको र केही महीनाभित्रै चार्जिङ स्टेशनको निर्माण भइसक्ने बताए। आगामी आव २०७८र७९ को भदौ महीनाको पहिलो हप्तासम्म विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको मुख्यमन्त्रीले अवगत गराए।

उनले सरकारले विभिन्न जिल्लाको अस्पतालको स्तरोन्नति दक्ष जनशक्तिको चिकित्सकको दरबन्दीको सिर्जना, अत्याधुनिक प्रयोगशालाको स्थापना गर्नुका साथै उच्च शिक्षा अध्यापनका लागि मेडिकल र प्राविधिक विश्वविद्यालय स्थापना गर्दै लैजाने लक्ष्य रहेको बताए।रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif