Saturday, 15th August, 2026
वि.स.

बकैयामा खेलकुद समिती गठन

Sports-1543987926.jpg

बकैया गाउँपालिकामा १८ मंसिरमा खेलकुद विकास समिती गठन गरिएको छ । बकैया गाउँपालिकामा आज भएको कार्यक्रममा बकैया गाउँपालिकाको खेल गतिविधि सन्चालन तथा बिकास गर्न पालिका स्तरिय बिकास समिती गठन गरेको हो । 

बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षता बसेको पुर्ण बैठकले प्रकाश वाइवाको अध्यक्षतामा १७ सदस्यीय बकैया खेलकुद समन्वय समिती गठन गरेको हो । समितिको उपाध्यक्षमा बिस्नु नेगि, सचिव यादव चौलागाईं, कोसाध्यछमा बासुदेव घलान तथा उपसचिवमा देव बहादुर मोक्तान रहेका छ्न । १७ सदस्यीय कार्यसमितिमा पालिकाको १२ वडाबाट १२ जनाको प्रतिनिधित्व छ । भने बाकी ५ जना अध्यक्षले मनोनयन गर्नेछ्न ।

समितिले बकैयाको खेल गतिबिधी तथा खेलकुद प्रबर्द्धनको गतिविधि सन्चालन अनुगमन तथा योजना निर्माण गर्ने निर्वाचित अध्यक्ष वाइवाले बताए । 

-यादव चौलागाईं, छतिवन



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif