Monday, 24th August, 2026
वि.स.

बकैयाका गाउँपालिकाको ४० घर सिल

sil-1597310546.jpg

पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले वडा नंबर ४ को ४० वटा सिल गरेको छ । बिहिबार मकवानपुरका ३७ जनामा देखिएको कोरोना भाइरस संक्रमितमा बकैया गाउँपालिका वडा नंबर ४ का २ जना एकै परिवारका रहेका थिए । गएको साउन २५ गते पुष्टि भएका २३ जना मध्ये एक जना बकैया गाउँपालिका वडा नंबर ४ की एक महिला रहेकी थिईन ।  आज पुष्टि हुने ३७ जनामा २ जना बकैया ४ की संक्रमित महिलाको परिवारको सदस्य रहेको थियो ।

संक्रमितको परिवारको सदस्यमा समेत कोरोना पुष्टि भए संगै संक्रमितको घर र घरवरिपरि रहेका अन्य घर,सहकारी संस्था,दुध संकलन केन्द्र डेरी तथा वडा नंबर ४ को प्राथमिक स्वास्थ्य केन्द्र समेत सिल गरिएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिईन् ।

संक्रमित पुगेको स्थानहरुलाई मध्यनजर गर्दै सो स्थानहरु सिल गरिएको उपाध्यक्ष बोलखेको भनाई छ । सिल गरिएको स्थानमा केहि दिन आवतजावत बन्द रहने बताईएको छ ।

यसैगरि उपाध्यक्ष बोलखे अनुसार हेटौंडा आईसोलेसनले संक्रमित राख्ने स्थान नभएको जानकारी गराए संगै आफुहरु आईसोलेसन बनाउने तर्फ लागेको बताईन् । उनले बकैया ४ स्थित महेन्द्र माविको क्वारेन्टिनलाई आईसोलेसन बनाउने छलफल भईरहेको बताईन् ।

आज पुष्टि भएका बकैया ४ का २ संक्रमित आफ्नै घरको होम क्वारेन्टिनमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताईएको छ । यो संगै बकैयामा कोरोना पुष्टि हुनेको संख्या ४ पुगेको छ भने कोरोना मुक्त हुनेको संख्या १ जना रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०