nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

फागुन पहिलो साताबाट झापाको सताक्षी गोल्डकप

पछिल्लो समयमा नेपालले खेलकुद क्षेत्रमा प्राप्त गर्दै गएको सफलताबाट उत्साहित बनेका खेलकुदप्रेमीहरु खेलकुद क्षेत्रका विभिन्न विधामा केन्दृत रहदै आएका छन । यिनै खेलकुदप्रेमीहरु मध्ये झापाको शिवसताक्षी नगरपालिकामा विगत देखि कृयासिल रहेका खेलकुद क्षेत्रका अगुवाहरु एवम खेलकुदप्रेमीहरु रहेको सतासीधाम स्पोर्टिङ क्लबले यो बर्ष पनि सताक्षी गोल्डकप आयोजना गर्ने भएको छ ।

२०७३ देखि हरेक बर्ष संचालन हुँदै आएको गोल्डकप २०७५ सालमा भने बिबिध कारणले रोकिएको थियो । आगामी फागुन ३ गते देखि १० गते सम्म संचालन हुने गोल्डकपको बारेमा मुल आयोजक समिति सतासीधाम स्पोर्टिङ्ग क्लबले आइतबार शिवसताक्षी नगरको झिलझिले स्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा आयोजित पत्रकार सम्मेलन गर्दै खेल तयारीको बारेमा जानकारी दिएको हो । प्रतियोगितामा भारतका टिम सहित नेपालका प्रतिष्ठित क्लबहरु नेपाल आर्मी क्लब,मनाङ मर्स्याङ्गदी क्लब,थ्रीस्टार क्लब,मचिन्द्र फुटबल क्लब,रुपन्देही ११ च्यासल युथ क्लब र आयोजक झापा समेतको सहभागीता हुने गोल्डकप अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको तालिका अनुसार हुने क्लबका उपाध्यक्ष फुर्वा तामाङले जानकारी दिएका छन । ८ वटा टिम बिचमा प्रतिस्पर्धा हुने गोल्डकपमा नेपालका ए डिभिजनका टिमहरु समेत सहभागी हुन उत्साही रहेको जनाइएको छ । कुल ७६ लाख खर्चमा सम्पन्न हुने अनुमान गरिएको प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ६ लाख नगद र ३ लाख नगद पुरस्कार प्राप्त गर्ने आर्थिक विभाग प्रमुख सनम इजमले जानकारी दिएका छन ।

प्रतियोगितामा म्यान अफ दी सिरिजको पुरस्कार ५० हजार, हाइ स्कोररलाई २५ हजार,उत्कृष्ट मिड फिल्डरलाई २० हजार,उत्कृस्ट फरवर्डलाई २० हजार , उत्कृस्ट डिफेन्सलाई २० हजार, उत्कृस्ट गोलरक्षकलाई २० हजार, बेष्ट कोचको पुरस्कार राशी समेत २० हजार र म्यान अफ दी म्याच बन्ने खेलाडीलाई ५ हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाइरहेको परिप्रेक्ष्यमा सताक्षी गोल्डकपले आन्तरिक तथा वाहिय पर्यटकलाई दर्शकको रुपमा खेल हेर्न निम्त्याउने आयोजक समितीका अध्यक्ष रमेश लावतीले जानकारी दिएका छन । ७ हजार भन्दा बढी दर्शकले प्यारापिटमा रहेर खेल हेर्दै मनोरंजन लिन सक्ने गोल्डकपको आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेपनि योजनाबद्द रुपमा आम खेलप्रेमीहरु सगै शिवासताक्षी नगरपालिकाका नगरवासीहरुको साथ र सहयोगमा गोल्डकप सफल हुने आयोजकले जनाएको छ ।

झिलझिले स्थित स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता कडा प्रतिस्पर्धाका बीच निक्कै रोचक रहने पुर्व अनुमान गरिएको छ । स्मरण रहोस सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)