Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

फाखेलमा मनाइयो बालिका दिवस

छौठौं बालिका दिवसको अवसरमा फाखेलमा भएको अन्तर मावि स्तरीय छात्राहरुको हाजिरी जवाफ प्रतियोगितामा कालिका मावि फाखेल ३ प्रथम भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र गाउँ वाल संरक्षण समिति फाखेलको आयोजनामा भएका प्रतियोगिताको १३ असोजमा आयोजना गरिएको हो । 
प्लान ईन्टरनेश्नल नेपाल मार्खु र फाखेल विकास ईकाई संयोजक बेदबहादुर लामाको प्रमुख आतिथ्यता तथा गाउँ बाल संरक्षण समितिको अध्यक्ष जीवन लामाको अध्यक्षता कार्यक्रम भएको हो । त्यसैगरि प्रतियोगितामा महाचुनी उमावि फाखेल ८ द्वितीय र कालिदेवी मावि फाखेल ७ तृतीय हुन सफल भएको छ । कार्यक्रममा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तलाल लामा, महाचुनी उमाविका प्रधानाध्यापक बद्री प्रसाद संजेल लगायतले मन्तव्य व्यक्त गरेको थियो । 
विश्व बालिका दिवस हरेका वर्ष अक्टोबर ११ तारिखको दिन मनाईने भए पनि यो वर्ष विजया दशमी परेकोले उक्त कार्यक्रम १३ असोजमै आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष जिवन लामाले बताए । बाल मैत्री भवनको प्राङग्रणमा भएको कार्यक्रम गाउँ बाल संरक्षण समितिको उपसचिव पुस्कल गोले सागर सञ्चालन गरेका थिए ।