Monday, 24th August, 2026
वि.स.

प्रहरी हिरासतमा एक जनाको मृत्यु

death-body-photo-1597229083.jpg

धनगढीमा प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका –१४ फुलबारी  गाउँका अन्दाजी वर्ष ४५ को अमरबहादुर चन्द रहेका छन् ।मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि मंगलबार राति ३ बजे सीमा प्रहरी चौकी फूलबारीले चन्दलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि उनलाई प्रहरीले हिरासतमा राखेको बताइएको छ । तर, बुधबार बिहान शौचालयमा उनको मृत्यु भएको सीमा प्रहरी चौकी फुलबारीले दावी गरेको छ ।यद्यपि उनको के कति कारणले मृत्यु भएको भन्ने खुल्न बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०