Sunday, 23rd August, 2026
वि.स.

प्रहरी प्रधान कार्यालयका ४४ जनामा कोरोना संक्रमण

covide-1596090385.jpg

जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउने नेपाल प्रहरी नै कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । देशभर झन्डै तीन सय प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।सबैभन्दा बढी प्रभावित भने प्रहरी प्रधान कार्यालय नक्साल बनेको छ । अहिलेसम्म प्रधान कार्यालयमा कार्यरत ४४ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । बिहीबार बिहान मात्र थप नौजनामा संक्रमण देखिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थपिएका संक्रमितलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् ।नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्। संक्रमित थप भएसँगै उनीहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको छ ।

मुख्यालयमा संक्रमण कसरी फैलियो भन्ने कुरा अझै यकिन भएको छैन। स्याङ्जाको प्रहरी कार्यालय पनि सिल गरिएको छ । त्यहाँ पनि तीन दर्जनभन्दा बढी प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०