Tuesday, 25th August, 2026
वि.स.

प्रहरीको २ राउण्ड फायरिङपछि हेटौंडाबाट ३ जना गाँजा तस्कर पक्राउ

3-jana-1580295420.jpg

मकवानपुर प्रहरीले बुधवार साढे १२ बजे २ राउण्ड गोली फायर गरेर गाँजा तस्करलाई पक्राउ गरेको छ । थानाभर्याङमा तस्कर समात्न प्रहरीले २ राउण्ड गोली फायर गर्नु परेको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बीआर ०६ जे ४४५८ नम्बरको भारतीय कारलाई नियन्त्रणमा लिन गोली फायर गर्नु परेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए ।

वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक इश्वरी प्रसाद भण्डारी नेतृत्वको प्रहरी टोलीले जाँच गर्न खोज्दा कार थानाभर्याङबाट भैरवडाँडातर्फ भाग्ने क्रममा प्रहरीले १ राउण्ड हवाइ फायर गर्यो तर हवाइ फायर गर्दा समेत कार नरोकेपछि पुनः अर्को राउण्ड गोली कारको चक्कामा हानेर नियन्त्रणमा लिएको प्रहरी प्रमुख राठौरले बताए ।

कार जाँच गर्दा सिटमुनी फल्स बटम बनाई १६ वटा पोकामा ३२ किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले भारत मुजफपुर घर भएका कार चालक ३५ वर्षीय संजित पासवान, कारमा सवार सोही स्थानका ३५ वर्षीय अजैमल हवारी र ४५ वर्षीया जाहेर खातुनलाई पक्राउ गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif