Wednesday, 26th August, 2026
वि.स.

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत

nepal-oli-1620648607.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभासमक्ष राखेको विश्वासको प्रस्ताव असफल भएको छ।

सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव असफल भएको हो। मतदानमा प्रस्ताव पारित हुन आवश्यक १३६ मत नपुगेसँगै प्रस्ताव पारित हुन नसकेको हो।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने काँग्रेस, माओवादी केन्द्र तथा राजमोले प्रस्तावको विपक्षमा मत दिने स्पष्ट पारेका थिए। त्यस्तै, जनता समाजवादीको एक पक्षले प्रस्तावको विपक्षमा र अर्को पक्षले तटस्थ बस्ने निर्णय गरेका थिए। एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित थिए। प्रस्ताव असफल भएसँगै प्रधानमन्त्री पदमुक्त हुने भएका छन्। उनले सम्भवतः आजै राष्ट्रपतिसमक्ष राजीनामा दिनेछन्।

मतदानमा २३२ सांसद सहभागी रहेकोमा प्रस्तावमाथि भएको मतदानमा ओलीले जम्मा ९३ मत पाए। प्रस्तावको विपक्षमा १२४ मत परेको थियो।

प्रस्तावको विपक्षमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले मत दिएका थिए।

पक्ष र विपक्षमा मत दिन्नँ भन्नेमा‍‍ १५ मत परेको छ। जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले यसमा मतदान गरेका थिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif