Wednesday, 26th August, 2026
वि.स.

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

CabinetM30-1619925166.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा १९ असाेज अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिए । 

उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । ती मन्त्रीकाअनुसार नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् । कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद्  बैठकले पारित गर्ने छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif