Monday, 31st August, 2026
वि.स.

प्रदेश ३ को बैठक अनिश्चित

प्रदेश ३ को प्रदेशसभाको बैठक एक महिना बितिसक्दा पनि बस्ने टुंगो लागेको छैन ।

चालु आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गर्दै असार १२ मा अर्को सूचना नआएसम्मका लागि स्थगित भएको प्रदेश सभा बैठक कहिले सञ्चालन हुने भन्ने अझै अनिश्चित छ ।

प्रदेश सभामा दर्ता भएको ४ वटा विधेयक र छलफलका लागि समितिमा पठाएको अरु चार वटा विधेयक छन् । तर, संसद बैठक बस्न सकेको छैन । प्रदेश सभा बैठक छिटो आह्वान गर्न प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद सुरु भए सबै संसदहरुले बाढी र पहिरोका कारण आफ्नो क्षेत्रमा भएको जनधनको क्षतिको अवस्थाबारे सरकारलाई अवगत गराउन सक्ने र यसले राहत तथा पुर्नस्थापनामा काम गर्न सरकारलाई नै सजिलो नेपाली कांग्रेसका संस्दीय दलका सचेतक राधा घलले बताए ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले चालु आर्थिक वर्ष ०७६/0७७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित पश्चात एक महिना संसद स्थगित गर्नुपर्ने प्रावधानका कारण बैठक नबोलाइएको बताउँदै अब प्रदेश सभालाई ‘विजनेश’ पनि प्रयाप्त भएकोले छिट्टै नै बैठक डाक्ने बिषयमा सभामुख संग पनि छलफल भइरहेको बताए ।

बिगत ३३ दिन देखि संसद बैठक नबस्दा प्रदेश सभाका सांसदहरु फुर्सदिला बनेका छन् ।

-पुष्पराज अधिकारी/हेटौंडा ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०