Monday, 31st August, 2026
वि.स.

प्रदेश-३ काे लोकसेवा आयोग सम्बन्धी बिधेयक सभामा पेस गरिने

प्रदेश ३ मा लोक सेवा आयोग गठन गर्ने बाटो खुलेको छ । 

४ भाद्रमा सम्पन्न प्रदेश ३ मन्त्रीपरिषद बैठकले प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य अधिकार र कार्यविधिका सम्वन्धमा व्यावस्था गर्न वनेको बिधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेसंगै आयोग गठनको बाटो खुलेको हो । 

प्रदेश सभाबाट बिधेयक पास भएपछी आयोग गठन गरेर कर्मचारी भर्ना गर्ने बाटो खुल्ने  प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाश प्रसाद ढुङ्गेलले बताए । 
यसैगरी बैठकले प्रदेश एकिकृत अनुदान व्यावस्थापन कार्यबिधि २०७६ को मस्यौदा स्वीकृतिगर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनाका लागि अस्थायी दरवन्दी स्वीकृति दिने निर्णय पनि बैठकले गरेको प्रबक्ता ढुङ्गेलले बताए  । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०