Monday, 24th August, 2026
वि.स.

प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा ६ प्रहरी निलम्बन

pradesh-prahari-1597217791.jpg

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आर्थिक प्रलोभनमा पर्ने ६ प्रहरीलाई निलम्बन गरेको छ ।बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विषेश प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिई हाललाई निलम्बन गरेको हो ।

निलम्बन हुने प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत १ जना गरी ६ जना रहेका छन् ।निलम्बन पर्नेमा २ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी हवल्दार डोरबहादुर कार्की, प्रहरी जवानहरु कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको ईप्रका मंगलटारमा कार्यरत प्रज नबिन बहादुर थापालाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरिक्षक सूचना समन्वय अधिकृत रोशन थापाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०