Thursday, 20th August, 2026
वि.स.

प्रदेशसभाको समानुपातिक सिट बाँडफाँटः कुन प्रदेश कसले कति सिट पाए ? (सूचीसहित)

Aayog-1513945012.jpg

 निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार एमाले २ नम्बर प्रदेश बाहेक सबैमा पहिलो भएको छ ।

प्रदेश १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५ सिट पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सिट पाएका छन् ।

प्रदेश नम्बर २ मा भने कांग्रेस पहिलो भएको छ । कांग्रेसले प्रदेश २ बाट समानुपातिकमा ११ सिट पाएको छ भने राजपाले १०, संघीय समाजवादी फोरमले ९ र एमालेले ७ सिट पाएका छन् । त्यस्तै माओवादी केन्द्रले ५ सिट पाएको छ भने नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएको छ ।

प्रदेश नम्बर ३ मा एमालेले सबैभन्दा बढि १६ सिट पाएको छ । त्यस्तै कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सिट पाएका छन् । नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि एकएक सिट पाएको छ ।

प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्तिले एक एक सिट पाएका छन् ।

प्रदेश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६ सिट जितेका छन् । त्यस्तै संघीय समाजवादीले २, राजपाले १, राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् ।

प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५,माओवादीले ४ सिट पाएका छन् । सो प्रदेशबाट राप्रपाले पनि एक सिट पाएको छ ।

प्रदेश नम्बर ७ बाट एमाले र कांग्रेसले बराबरी ८/८ सिट पाएका छन् । माओवादीले ४ सिट पाएको छ भने राजपाले एक सिट पाएको छ ।

समानुपातिकतर्फ सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५ र कांग्रेसले ७२ सिट पाएका छन् । त्यस्तै माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएको छ भने राप्रपा तथ विवेकशील पार्टीले तीनतीन सिट पाएका छन् । अन्य साना दलले एकएक सिट पाएका छन् ।

२०७४ पुष ७ गते १७:५२ मा प्रकाशित



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif