Wednesday, 26th August, 2026
वि.स.

प्रतिनीधिसभा विघटनको विरोधमा थाहानगरमा विरोध 

MMM-1621869658.jpg

प्रतिनीधि सभा विघटनको विरोधमा थाहानगरमा नेकपा माओवादी केन्द्र निकट वाइसिएल थाहानगरले पुत्ला जलाएका छन् । 

वाइसिएल थाहानगरले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला बनाइ जलाएका हुन् । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठ मध्येरातमा संविधान विपरित प्रतिनीधिसभा विघटन गरेकाले विरोध स्वरुप पुत्ला जलाएको वाइसिएलले जनाएको छ । वाईसिएल थाहानगरका अध्यक्ष मानसिं दोङको संयोजकत्वमा दामन, पालुङ, आग्रा, टिष्टुङ, बज्रवाराही तथा चित्लाङको विभिन्न स्थानमा पुत्ला जलाएको जनाइएको छ । 

महामारीको समयमा यसअघि झै पुनः असंवैधानिक ढंगले प्रतिनीधिसभा विघटन गरेकोले विरोधका कार्यक्रमस्वरुप पुत्ला जलाइएको थाहानगर कमिटि अध्यक्ष मानसिं दोङले प्रतिक्रिया दिए । विरोध कार्यक्रममा प्रत्येक स्थानमा बढिमा ९÷९ जनाको मात्र सहभागि गराईएको र महामारीको समयलाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाईएको वाइसिएल थाहानगरले जनाएको छ । त्यसैगरी फोहोर व्यवस्थापनमा समेत ध्यान दिएको वाईसिएल थाहानगर कमिटिका सचिव युवराज विष्टले जानकारी दिए ।     
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif