Friday, 28th August, 2026
वि.स.

प्रतिनिधिसभा विघटनको निर्णय आत्मघाती भन्ने साह मन्त्रिमण्डलमा !

Pravu-1608909420.jpg

न्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाका नेता प्रभु साहले विघटनको निर्णय आत्मघाती हुने टिप्पणी गरेका थिए। प्रतिनिधि सभा विघटनको निर्णयलाई सोमबार आत्मघाती ठहर गरेका साह त्यसको पाँच दिनपछि मन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा नगएका साहको नाम अकस्मात मन्त्री बनेका छन्। 

No description available.

पार्टीका दुई समूहका छुट्टाछुट्टै भएका भेलामा साह प्रचण्ड–माधव नेकपाको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए। उक्त बैठकले अध्यक्षमा माधव नेपाललाई चयन गरेको थियो। साहले माधवलाई अध्यक्ष बनाउने प्रस्तावप्रति आपत्ति जनाएका थिए। पार्टी एकीकरणपछि प्रदेश-२ मा माधवपक्षसँग उनको विवाद थियो। माधवसँग सुमधुर सम्बन्ध नभएकै कारण साह प्रधानमन्त्री ओलीको गुटमा लागेको आंकलन गरिएको छ। दुई अध्यक्ष अस्वीकार गर्ने भन्दै उनले विज्ञप्तिसमेत निकालेका थिए। 

संसद विघटन गरिसकेपछि उनी त्यसविरुद्ध लागेका थिए। मन्त्री पद प्राप्त गर्ने भएपछि पूर्वविचारलाई त्याग्दै साह ओली समूहमा लागेका छन्। ‘सहमतिमा अगाडि बढ्नुको सट्टा नेपालको संविधानको मूल मर्म र जनादेशविपरीत २ वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवं आपत्तिजनक कार्य हो‚’ साहले सोमबार लेखेका थिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०