Thursday, 20th August, 2026
वि.स.

प्रज्वल ढकालद्वारा एमालेलाई कम्प्युटर सहयोग

computer-1637583816.jpg

नेकपा एमाले थाहा नगर कमिटीका सदस्य प्रज्वल ढकालले एमाले थाहा नगर कार्यालयका लागि कम्प्युटर प्रदान गरेका छन् । 

ढकालले एमाले थाहा नगरको पूर्ण बैठकबीच ६ मंसिरमा कार्यालयका लागि एक थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । एमाले नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकालले कम्प्युटर ग्रहण गरेका थिए । 

कम्प्युटर ग्रहण गर्दै एमाले नगर अध्यक्ष ढकालले नगर पार्टी कार्यालय उद्घाटन भएकै दिन कम्प्युटर सहयोग प्राप्त भएकोले अब कार्यालय सञ्चालन गर्न र पार्टी गतिविधिलाई ‘डिजिटल’ बनाउन सहज हुने बताए । 

कम्प्युटर हस्तान्तरण गर्दै ढकालले आगामी दिनमा पनि पार्टीको हित र विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका ढकाल पेसाले निर्माण व्यवसायी समेत हुन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०