nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रज्वल ढकालद्वारा एमालेलाई कम्प्युटर सहयोग

computer-1637583816.jpg

नेकपा एमाले थाहा नगर कमिटीका सदस्य प्रज्वल ढकालले एमाले थाहा नगर कार्यालयका लागि कम्प्युटर प्रदान गरेका छन् । 

ढकालले एमाले थाहा नगरको पूर्ण बैठकबीच ६ मंसिरमा कार्यालयका लागि एक थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । एमाले नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकालले कम्प्युटर ग्रहण गरेका थिए । 

कम्प्युटर ग्रहण गर्दै एमाले नगर अध्यक्ष ढकालले नगर पार्टी कार्यालय उद्घाटन भएकै दिन कम्प्युटर सहयोग प्राप्त भएकोले अब कार्यालय सञ्चालन गर्न र पार्टी गतिविधिलाई ‘डिजिटल’ बनाउन सहज हुने बताए । 

कम्प्युटर हस्तान्तरण गर्दै ढकालले आगामी दिनमा पनि पार्टीको हित र विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका ढकाल पेसाले निर्माण व्यवसायी समेत हुन् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)