Saturday, 22nd August, 2026
वि.स.

पोष्टबहादुर बोगटी सुरुङ्गमार्गको कार्यालय उद्घाटन

udghatan-1602241855.jpg

वाग्मती प्रदेश सरकारले निर्माण गर्नलागेको हेटौंडा काठमाण्डौं मार्ग अन्तर्गत पर्ने भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङ्गमार्ग आयोजनाको कार्यालय उद्घाटन भएको छ । कार्यालयको शुक्रबार एक समारोहकाबीच प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले उद्घाटन गरेका हुन्।

कार्यालयको उद्घाटन गर्दै मन्त्री फुयालले प्रदेश गौरबको आयोजनाको रुपमा रहेको सुरुङ्गमार्ग तोकिएको समयमै निर्माण हुने बताए ।मन्त्री फुयालले मदन भण्डारी मार्ग अन्तर्गत मकवानपुरको भैंसेदेखि भीमफेदी – सिस्नेरी – दक्षिणकालीहुँदै काठमाण्डौंको बल्खुसम्मको ६५ किलोमिटर सडकको विस्तारको काम द्रुतगतिमा भइरहेको बताए । उनले सोहीमार्ग अन्तर्गत ५० करोडको लागतमा भैसेदेखि भीमफेदीसम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी दिए ।

पोष्टबहादुर सुरुङमार्ग निर्माणका लागि रु १९ अर्व ३२ करोड खर्चहुने अनुमान गरिएको छ । तीनवटा पुलसहित दुईसुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ । सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन अनुसार ३ दशमलव २१ किलोमिटर लामा र १५ र ७ मिटर फराकिला दुर्ई वटा सुरुङ निर्माण गरिने छ ।

सरकारले सुरुङमार्गलाई निजगढ काठमाण्डौं द्रुतमार्गसँगसमेत जोड्ने योजना अघि सारेको छ । त्यसो गर्नसके हेटौंडा काठमाण्डौंको दरी ५२ किलोमिटरमा छोटिने आयोजनाका नवनियुक्त प्रमुख सिनियर डिभिजन इन्जिनियर नविन कुमार सिंहले जानकारी दिए ।३।२७ किलोमिटरको सुरुङ्गमार्ग ४२ महिनामा सम्पन्न गरिने लक्ष्य रहेको सिंहले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif