Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार

komal-saha-1619765882.jpg

कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिइएको छ। बिहीबार नर्भिक अस्पतालले उनलाई प्लाज्माद्वारा उपचार गरेको हो।

शाहको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। ‘बिहीबार साँझ हामीले प्लाज्मा दियौं, अहिले अवस्था सुधारोन्मुख छ,’ उपचारमा संलग्न डा। जेपी जैसवालले भने।

उनका अनुसार आइसियूमै राखेर पूर्वरानी शाहको उपचार भइरहेको छ।उनलाई अहिले प्रतिमिनेट १० लिटर अक्सिजन दिइएको छ।‘प्लाज्मा दिइए पनि अवस्था पूरै सुधार नभएसम्म अक्सिजन हटाउन मिल्दैन,’ जैसवालले भने।

भारतको हरिद्वारबाट फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई कोरोना संक्रमण भएको थियो।

वैशाख ७ गते उनीहरू नर्भिकमा भर्ना भएका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि कोमललाई बुधबार आइसियूमा राखिएको थियो।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०