Sunday, 15th November, 2026
वि.स.
pustakalay-1792211853.jpg

पासपोर्ट बनाउनेको भीड बढेपछि थपियो इपिएस भाषा परीक्षाका लागि आवेदन दिने समय

eps-exam1618602575-1785479383.jpg

राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड बढेपछि दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा आवेदनको समय बढाइएको छ ।

ग्वार्को स्थित इपिएस कोरिया शाखाले सूचना जारी गर्दै साउन २० गतेसम्म आवेदन दिन सकिने उल्लेख गरेको छ ।

शाखाले आवेदन दिने अवधि दुई दिन थप गरेको हो । राहदानी विभागको चाप न्यूनीकरण गर्न र इच्छुकलाई आवेदन दिनबाट बञ्चित नगर्न समय थपिएको कार्यालयले उल्लेख गरेको छ ।

त्यस्तैगरी, पासपोर्टको म्याद गुज्रिएकाहरूले पनि सोही पासपोर्टको विवरण भरेर आवेदन दिन सक्ने कार्यालयले जनाएको छ।

उक्त पासपोर्ट भाषा परीक्षा पास गरेर रोजगारीका लागि आवेदन फारम भर्ने समयसम्म प्रयोग गर्न सकिन्छ।

राहदानी  विभागले पनि पासपोर्ट बनाउनेको भीड बढेसँगै सार्वजनिक बिदाको दिन शनिबार र आइतबार पनि सेवा दिने जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1794214590.png
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg
Ishwar-Karki-1793775276.jpg
madhav-karki-1793775293.jpg