Tuesday, 25th August, 2026
वि.स.

पालुङ बहुउद्धेश्यीयको नारी दिवस कार्यक्रम स्थगित

Pacos-1583335795.jpg

पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाले आगामी फागुन २५ गतेको महिला दिवसको ¥याली तथा कार्यक्रम स्थगन गरेको छ । हाल विश्वका ८० देशमा फैलिएको कोरोना भाईरस संक्रमणको कारण नेपाल सरकारले ठुला जमघट,भेला,जुलुस,भोज भतेर जस्ता ठुलो संख्यामा जमघटका कार्यक्रमहरु नगर्न नगराउन निर्देशन जारी गरेपछि कार्यक्रम स्थगन गरेको हो । 

संस्थाको कार्यालयमा २१ फागुनमा पत्रकार सम्मेलन गरी संस्थाले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गर्ने भनिएको वृहद् कार्यक्रम स्थगन गरेको जानकारी दिएको हो । संस्थाले महिला दिसको अवसरमा २४ गते बज्रबाराही र २५ गते पालुङमा निःशुल्क स्वास्थ शिविरको आयोजना भने गरिएको विज्ञप्तीमार्फत् जनाएको छ । 

पत्रकार सम्मेलनमा पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्की, उपाध्यक्ष कृष्णबहादुर विष्ट, सचिब अरुण रायमाझी, सदस्यहरु जर्म श्रेष्ठ, नवराज विष्ट, ,आरती श्रेष्ठ, व्यवस्थापक प्रकाश पौडेल, सहव्यवस्थापक रामप्रसाद ढकाल, लेखा समिति सदस्य इच्छापूर्ण कार्कीलगायतको उपस्थिति रहेको थियो । सशक्तिकरणका अभियान सञ्चालन गर्ने क्रममा उक्त संस्थाले विगतका वर्षहरुदेखि नै ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रत्येक बर्ष करिव तीन हजार महिला सदस्यहरुको सहभागितामा विविध कार्यक्रमका साथ मनाउदै आईरहेको थियो ।  

हेर्नुहाेस् विज्ञप्ती :

FacebookTwitterMore



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif