thahatimes-ad-thekka-1731652826.jpg
Friday, 13th December, 2024
वि.स.

पालुङ जेसीज पहिलो कप ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई

Screenshot_20240901_14043-1725178925.jpg

मकवानपुर थाहा नगरस्तरीय प्रथम जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि देव अर्याल र नरेन्द्र मोक्तानको जोडीले हात पारेको छ । थाहा नगरपालिका वडा न. ४ क्याम्पाडाँडा कबर्डहलमा भएको प्रतियोगितामा १२ टिमलाई पछि पार्दै उनीहरुले उपाधि चुमेका हुन् । प्रतियोगितामा संग्राम केसी र मधुसुदन चौधरीको जोडी दोस्रो भएको छ ।

प्रथम भएसंगै उनीहरुले नगद रु.१० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरँस्कार पाएका छन् ।प्रतियोगितामा दोस्रो भएको संग्राम र मधुसुदनको जोडीले नगद रु. ७ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र पुरँस्कार पाएको छ । १३ टिमको सहभागिता रहेको जेसिजकप ब्याडमिन्टन प्रतियोगिताको उत्कृष्ट खेलाडी संग्राम केसी घोषित भए । उनले नगद २ हजार पाँचसय पुरस्कारसहित ट्रफी हात पारेका छन् । प्रतियोगिता १३ भाद्रबाट लिगचरण अन्तर्गत रही खेलाइएको थियो । प्रतियोगिताका मुख्य निर्णायक यादवजंग रायमाझी रहेका थिए ।

प्रतियोगिताका लागि प्रथम पुरँस्कार पालुङ जेसिजका वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले आफ्नो हजुरबुबा स्वर्गीय रणबहादुर रायमाझीको नाममा प्रायोजन गरेका थिए प्रथम शिल्ड र मेडल पालुङ जेसिज वर्ष २०२४ का महासचिव विक्रम गोपालीले प्रायोजन गरेका थिए । द्वितीय पुरस्कार मकवानपुरगढी जेसिज वर्ष २०२४ का अध्यक्ष विजय पुडासैनीले प्रायोजन गरेका थिए भने शिल्ड र मेडल पालुङ जेसिज वर्ष २०२४ का कोषाध्यक्ष संजय गोपालीले प्रायोजन गरेका थिए । त्यसैगरी उत्कृष्ष्ट खेलाडीको नगद पुरस्कार सिमरा जेसिजका वर्ष २०२४ का अध्यक्ष लक्की रिमाल र ट्रफी पालुङ जेसिजका श्रीकृष्ण श्रेष्ठले प्रायोजन गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा वडा न. ४ का वडाध्यक्ष नारायण लामा, इलाका प्रहरी कार्यालयका प्रमुख श्याम थापा, पालुङ जेसिजका पूर्व अध्यक्षहरु तथा पदाअधिकारीहरु, स्थानीय संघसंस्थाका पदाअधिकारीहरु, सञ्चारकर्मी तथा खेलाडी र खेलप्रेमीहरुको आतिथ्यता रहेको थियो । पालुङ जेसिजको आयोजनामा भएको प्रतियोगिताको समन्वय थाहानगर ब्याडमिन्टन संघ, फरक सोच र शिखर क्लबले गरेको थियो । प्रतियोगिताको मिडिया पार्टनरहरुमा पालिका प्रेस डटकम, थाहापाटी, थाहाटाइम्स, बाइरोड न्यूज, दामन एफएम र टिम टेलिभिजन हेटौंडा रहेका थिए ।

सुशान्त श्रेष्ठको संयोजकत्वमा भएको प्रतियोगिताको प्रचार प्रसारमा सहयोग गर्ने सञ्चारमाध्यमहरु, पुरस्कार प्रायोजक, सहयोगी संस्थाहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो । अतिथीहरुलाई पालुङ जेसीज अध्यक्ष निरज रायमाझीले मायाँको चिनो स्वारुप ‘रुदाने’ पुस्तक प्रदान गरेका थिए । सन् २००० मा स्थापना भएको पालुङ जेसिजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०