Sunday, 16th August, 2026
वि.स.

पालुङ जेसीजको जेसीज सप्ताह मंसिर ७ गतेदेखि

j-1731916609.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजको जेसीज सप्ताह कार्यक्रम आगामी मंसिर ७ गतेबाट सुरु हुने भएको छ ।
कात्तिक २५ गते आईतबार बसेको पालुङजेसीज बर्ष २०२४को छैंठौं बोर्ड बैठकले जेसीज सप्ताह कार्यक्रम आयोजना गर्ने र्निणय गरेको हो । बैठकले कार्यकारिणी उपाध्यक्ष मानसिं दोङलाई मूल कार्यक्रम संयोजक र उपाध्यक्ष नारायण कार्काीलाई सह–मूल कार्यक्रम संयोजकको जिम्मेवारी दिएको महासचिव बिक्रम गोपालीले बताए ।

सात दिन विविध रचनात्मक कार्यक्रम आयोजना गरी यसवर्षको सप्ताहव्यापी कार्यक्रम सुरु गर्न लागिएको पालुङ जेसीज बर्ष २०२४ अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।

अध्यक्ष रायमाझीका अनुसार मङ्सिर ७ गते जेसीज सप्ताह कार्यक्रमको उद्घाटन थाहा २ पालुङगढीमा गरिनेछ भने मङ्सिर ९ गतेदेखि १४ गतेसम्म बिभिन्न ७ वटा कार्यक्रमको आयोजना गर्न लागिएको छ । मङ्सिर ९ गते विराज थापाको संयोजकत्वमा जनकल्याण माबि पालुङमा लक्ष्य निर्धारण तालिम कार्यक्रम गरिने छ ।

यसैगरी १० गते विश्वनाथ रायमाझीको संयोजकत्वमा प्रदिप जेसीज दौड प्रतियोगिता, ११ गते अजय कार्कीको संयोजकमा न्यानो कपडा वितरण कार्यक्रम, १२ गते रोशनी गोपालीको संयोजकमा पालुङ जेसीजको यस बर्षको प्रकरणमा आधारित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता, १३ गते रचना बस्नेतको संयोजकत्वमा ऋषेश्वर प्राबि दामनका बिद्यार्थीहरुलाई भरत–रत्न छात्रवृत्ति कार्यक्रम र १४ गते श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा मैत्रीपूर्ण जेसीज कप फुटबल प्रतियोगिता ईन्द्रायणीचौरमा हुनेछ ।

त्यस्तै १५ गते अञ्जय प्रधानको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रमको समापनका साथै सम्मान तथा पुरस्कार वितरण कार्यक्रम जेसीज सभाहलमा गरिनेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०