Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङमा आलु भित्र्याइयो [हेर्नुहोस् फोटो फिचर]

फर्पिङकाे नासपाती र चित्लाङकाे मूला भनेझैँ पालुङकाे आलु भनेपछि नेपालमै प्रशिद्ध छ । नेपालकाे सबै हावापानी र भूगाेलमा आलु खेती गरिने भए पनि पालुङकाे आलु भनेपछि आलुपारखीहरु भान्साका लागि अलि बढी नै लिने गर्दछन् । पकाएर, उसिनेर, तारेर, गालेर, अचार बनाएर विभिन्न विधिबाट छुट्टै या अन्य विभिन्न थरीका तरकारीसँग मिसाएर खान सकिने भएकाेले सर्वाधिक खरिद गरिने तरकारीमध्ये आलु पर्दछ ।

आलु उत्तरी मकवानपुरका कृषकका लागि मुख्य बाली र आधार बाली दुबै हाे । आलु भित्र्याएपछि अन्य बालीहरुकाे शुरुवात हुन्छ । सदाझैँ यस वर्ष पनि यहाँका किसानहरुले जाे उत्पादन भएकाे आलु खनखान गरेका छन् । उत्पादन,  बजार र आवश्यकता अनुसार विक्रीवितरण पनि भइरहेकाे छ । प्रस्तुत छ : फल्दै गरेका, खनिएका, खनिँदै गरेका, टिपिँदै गरेका, भरिँदै गरेका, बाेकिँदै गरेका, भित्रिदै गरेका थरीथरीका आलुकर्मका तस्वीरहरु । 



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।