Monday, 24th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

पालुङगढी सरसफाइमा जेसीज, फाेहाेरमैला व्यवस्थापनमा सक्रिय

Screenshot_20250202_08253-1738464356.jpg

थाहा नगरपालिका वडा नम्बर २ मा अवस्थित ऐतिहासिक पालुङ गढी परिसरमा  सरसफाइ गरिएकाे छ । साथै आगामी दिनमा फाेहाेरमैला व्यवस्थापनकाे लागि चाेयाकाे थुन्से राखिएकाे छ ।

पालुङ जेसीजको आयोजना तथा ईलाका प्रहरी कार्यालय पालुङको समन्वयमा गढी परिसर सरसफाइ सहित ठाउँठाउँमा थुन्से डस्विन राखिएको कार्यक्रम संयोजक नविना बिष्टले जानकारी दिइन् ।

पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीको  अध्यक्षता तथा वडा न २ का वडासदस्य युवराज बिष्टको प्रमुख आतिथ्यतामा शनिबार बिहान सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिष्टले पालुङ गढी संरक्षणमा वडा कार्यालयले काम गरिएको स्मरण गराउदै आगामी दिनमा पनि गढी संरक्षणमा वडाले स्थानीयसंग हातेमालो गर्दै अगाडि बढ्ने बताए।

ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब निरीक्षक नारायण प्रसाद ढकालले नेपाल प्रहरीले समुदाय र विभिन्न संघसंस्था संग मिलेर सहयोग आदानप्रदान गरिरहने बताए ।
जेसीज जनसम्पर्क अधिकारी कमल बिष्टले संचालन गरेको कार्यक्रममा पालुङ गढी संरक्षण समितिका अध्यक्ष अजय कार्की,चुनिदेवी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष अर्जुन कार्की लगायत जेसीज बर्ष २०२५ का बोर्ड पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०