Sunday, 23rd August, 2026
वि.स.

पाटन अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु

covide-death-1596796112.jpg

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ।पाटन अस्पतालमा उपचार गराइरहेकी ४१ वर्षीया महिला र ४५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो।

अस्पतालका निर्देशन डा। विष्णु शर्माका अनुसार उनीहरु दुवै साउन १९ गते अस्पताल भर्ना भएका थिए। मृतक पुरुष टेकु अस्पतालमै कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका हुन्। महिलाको साउन २० गते स्वाब लिइएको थियो।

मृतक महिला रुपन्देहीकी हुन् भने पुरुष सर्लाहीका हुन्। महिलामा पाठेघर क्यान्सर भएको र सर्लाहीका पुरुषलाई ६ महिना पहिला कुकुरले टोकेको थियो।

पाटन अस्पतालमै उपचाररत अर्का एक ४५ वर्षीया पुरुषको बिहीबार निधन भएको थियो।  कोरोनाले पाटन अस्पतालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । तीनजना स्थानीय हुन् भने ६ जना बाहिरी जिल्लाका हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०