Sunday, 23rd August, 2026
वि.स.

पर्वत पहिरोमा मृत्यु हुने ८ जना पुगे

parbat-1592125953.jpg

 शनिबार राति कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएरर मृत्यु हुनेको संख्या ८ पुगेको छ । पहिरोमा पुरिएकामध्ये तीनजनाको शनिबार राति नै शव भेटिएको थियो । बाँकी दुई जनाको आइतबार बिहान र ३ जनाको अहिले दिउँसो शव भेटिएको हो ।

मृत्यु हुनेहरुमा ६० वर्षीय तुलबहादुर थापा, ५८ वर्षीया निमुकुमारी थापा, ३१ वर्षीया कृपा थापा, १५ वर्षीय विवेक थापा, १२ वर्षीय सुनिल थापा र ८ वर्षीया बेबिशा थापा छन् । त्यस्तै २८ वर्षीया कमला विक र १२ वर्षीय जेनिस विकको पनि शव फेलापरेको घटनास्थलबाट पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । उनका अनुसार अहिले दिउँसो साढे १ बजेसम्म पनि जेनिसा विक हराइरहेकी छिन् ।

बेपत्ताहरुको खोजी कार्यका लागि बिहान ६ बजेदेखि नै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली परिचालन गरिएको थियो । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, प्रहरी नायब उपरीक्षक अधिकारी, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी लगायतको टोली पनि उद्धारका लागि घटनास्थलमै पुगेको छ ।

सुरक्षाकर्मी र स्थानीयलाई उद्धारमा समस्या भएपछि बिहानदेखि एस्काभेटरको सहायता लिइएको थियो । पहिरोले घर सबै पुरिएका कारण मृतकहरुलाई फेला पार्न समेत मुस्किल भएको घटनास्थलमा पुगेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०