Monday, 24th August, 2026
वि.स.

पर्यटन विभागको महानिर्देशकमा तामाङ नियुक्त

rudra-sing-tamang-1595598464.jpg

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई नियुक्त गरेको छ ।

मन्त्रालयको निर्णयअनुसार उनले हिजो बुधबारदेखि कार्यभार सम्हालेका हुन् । उनले यसअघि नुवाकोट र धादिङ जिल्लाको एलडिओको रुपमा समेत कार्यभार सम्हालिसकेका छन् । काठमाडौं महानगरपालिकाको सबैभन्दा कान्छो उमेरका कार्यकारी अधिकृत भइसकेका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत विभिन्न मन्त्रालयमा रहेर काम गरिसकेका तामाङ २०६१ मा कर अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका हुन् । खुला प्रतिष्पर्धाबाट २०६६ मा उपसचिव भएका तामाङ २०७१ मा सहसचिव भएका हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif