Thursday, 27th August, 2026
वि.स.

पर्यटकीय संरचना निर्माणमा यस्तो छ नयाँ प्रस्ताव

राष्ट्रियसभाले पर्यटनसँग सम्बन्धित भौतिक संरचना निर्माण गर्दा अनिवार्य रुपमा नेपाली कला र संस्कृति झल्कने संरचना निर्माणको सुनिश्चितता गर्न सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ । 

नेकपा सांसद् विमला राई पौडेल प्रस्तावक, नेकपाका कालीबहादुर मल्ल र कांग्रेसका रमेशजंग रायमाझी समर्थक रहेर सर्वसम्मतिमा उक्त प्रस्ताव पेश गरिएको हो । प्रस्ताव पेश गर्दै नेकपा सांसद् पौडेलले भनिन, ‘आजै राष्ट्रपति कार्यालयबाट प्राप्त नयाँ पर्यटनमन्त्री योगेश भट्टराई नियुक्तिको पत्र अध्यक्षले पढेर सुनाउनुभो । हाम्रो प्रस्ताव पनि उहाँसँग सम्बन्धित छ ।’

सांसद् पौडेलले केही समयअघि राष्ट्रियसभाको दिगोविकास समितिको तर्फबाट भैरहवा र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थनको स्थलगत अध्ययनमा जाँदा दुवैको काम राम्ररी अघि बढेको भए पनि त्यहाँ नेपाली कला, संस्कृति झल्कने कुनै पनि संरचना नदेखेका कारण यो प्रस्ताव ल्याउनुपर्ने आवश्यकता महसुस गरेको बताइन् । उनले भनिन्, ‘विदेशी ठेकेदारले बनाएको संरचनाको डिजाइन अन्त कतै बनाएको त्यही टिपेर ल्याएको छ । त्यसमा नेपाली पन झल्कने संरचना पाइएन । दाँतमा ढुंगा लाग्यो ।’ 

उनले विदेशी वा नेपाली पर्यटक आउँदा म नेपालमा छु भनने महसुस गर्ने खालको डिजाइन बनाउन आग्रक गर्दा स्वीकृत डिजाइनभन्दा फरक बनाउन नसक्ने जवाफ आएको बताइन् । ‘तारे होटल र होमस्टे बनाउँदै छौँ । हामीले पैदल यात्री हिँड्ने ट्र्याक, सभासम्मेलन गृह बनाउँदै छौँ । संसद् भवन बनाउँदैछौ । सबैतिर मौलिक संकृति, जातीय, धर्म झल्कने केही राख्न सक्छौँ ।’

सार्वजनिक महत्वका प्रस्तावमा भनिएको छ, ‘भूकम्प पुराना भएका वा अन्य कुनै कारण क्षति भएका क्षतिग्रस्त मठमन्दिर होटेल संग्रहालयलगायतका सबै सार्वजनिक भौतिक संरचनाहरूको जीर्णोद्धार र पुनर्निर्माण गर्दा डिजाइन अवस्थादेखि नै स्थानीय जातजाति र परम्परा झल्काउने मौलिक कला र संस्कृतिको उपयोग गर्ने । भैरहवा र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरु, देशका विभिन्न जिल्लामा बनेका र बन्दैगरेका आन्तरिक विमान स्थलहरू, संघ, प्रदेश र स्थानीय तहमा बन्दै गरेका वा अब बन्ने मठमन्दिर संग्रहालय, सभासम्मेलनगृह, होटेल कार्यालय भवन आदि सार्वजनिक भवन सार्वजनिक महत्वका र पर्यटनका दृष्टिकोणले महत्वपूर्ण भौतिक संरचना डिजाइन र निर्माण अनिवार्य राष्ट्रिय र स्थानीय नेपाली संस्कृति झल्काउने मौलिक कलाको उपयोग गर्ने । यसका लागि सम्बन्धित निकायले आवश्यक मापदण्ड र कानूनी कार्यविधि बनाइ लागू गर्ने ।’



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif