Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पर्यटकीय गुम्वाडाँडामा अन्तराष्ट्रिय चित्रकला कार्यशाला शुरु

अन्तराष्ट्रिय मुर्तिकला गरेर ख्याती कमाएको मकवानपुरको पर्यटकीय क्षेत्र हर्नामाडीमा रहेको गुम्वाडाँडामा अन्तराष्ट्रिय चित्रकला कार्यशाला १ असोजबाट सुरु भएको छ । हर्नामाडी कला प्रतिष्ठानको आयोजनामा कार्यशाला भएको हो । मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर विकेले चित्रकला कार्यशालाको उद्घाटन गरेका हुन् । ५ असोजसम्म संचालन हुने कार्यशालामा ५ विदेशी सहित अन्तराष्ट्रियस्तरका ३० जना चित्रकारहरुको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले जानकारी दिाए ।
कार्यशालामा नेपालको तर्फबाट लक्ष्मण भुजेल, केके कर्मचार्य, श्यामलाल श्रेष्ठ, शंकरराज सिंह सुवाल, गोविन्दसिंह डंगोल, उमाशंकर शाह, नविन्द्रराज भण्डारी, गौतम मानन्धर, उत्तम खरेल, मदन चित्रकार, चन्दा श्रेष्ठ, सुनिता राणा, सरोज बज्राचार्य, मुकेश श्रेष्ठ,सुरेन्द्र प्रधान, सितादेबी कर्ण, राधेश्याम मुल्मी रहेका छन् । त्यस्तै भारतबाट सुरेश के नायर, बंगालादेशबाट फहमिदा इनाम काकोली, बेलायतबाट मार्टिन बेञ्जामिन, चीनबाट डाक्टर जियाङयाङ निग्माको सहभागिता रहेको छ ।