Tuesday, 25th August, 2026
वि.स.

परिवारको कम्तीमा एक जनामा कोरोना जाँच गर्न निर्देशन

samiti-1588321489.jpg

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले हरेक परिवारको कम्तीमा एक जनामा कोरोना संक्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकले कोरोना रोकथामका लागि परीक्षणको दायरा विस्तार गरी हरेक परिवारसम्म पुग्न निर्देशन दिएको हो ।

‘कोभिड–१९ को परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तीमा एकजनाको नमूना छनौट गरी कोरोनाको परीक्षण गर्ने कार्ययोजना बनाइ लागू गर्ने,’ समितिको निर्देशन छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल उपस्थित भएको बैठकमा समितिले सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसारको स्वास्थ्य सामग्री पुर्‍याउन, राहत वितरणलाई व्यवस्थित गर्न र स्वास्थ्य सम्बन्धी एकीकृत कानून बनाउन निर्देशनद समेत दिएको छ ।

सीमा क्षेत्रमा रहेका नागरिकको उचित व्यवस्थापन गर्न, दैनिक ज्यालादारी मजदुरलाई राहत वितरणको मापदण्ड बनाउन, कोरोना रोकथाम तथा उपचारमा निजी अस्पतालको उपयोग गर्न र विदेशबाट फर्किनेलाई रोजगारीको व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif