Sunday, 23rd August, 2026
वि.स.

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ

pakrau123-1594891023.jpg

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले धनकुटा नगरपालिका ४ बस्ने २८ वर्षीय दिवाकर देउजालाई बुधवार पक्राउ गरेको हो। उनी सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत भएको खुलेको छ।

उनले नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्रीसमेत गर्ने गरेको उजुरी परेपछि ब्युरोको टोलीले अनुसन्धान सुरु गरेको थियो। गत असार १२ गते नेपाल टेलीकमले ब्युरोमा आफ्नो सर्भर ह्याक भएको भन्दै उजुरी दिएको थियो।

देउजाले इन्टरनेटको माध्यमबाट टेलिकमको सर्भर प्रणालीमा पटक९पटक ह्याक गरेको अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिएको हो। ब्युरोले विद्युतिय कारोवार ऐन २०६३ वमोजिम आवश्यक कारबाही प्रकृया अगाडि बढाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई जानकारी दिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०